दुई लघुवित्तसहित चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?
४ माघ २०८०, बिहीबार १५:०५
काठमाडौं । बिहीबार रिडी पावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यी चारै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
त्यसैगरी यस दिन सीईडीबी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत, हिमालयन रिइन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, लिवर्टी इनर्जी कम्पनी र न्याग्दी ग्रुप पावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।