नाफा बुक गर्ने हाबी हुँदा बजारमा सामान्य करेक्सन, कारोबार भने उच्च बिन्दुमा
काठमाडौँ । लगातार सुधार तिर लम्कि रहेको सेयर बजार पछिल्ला दुई दिनमा भने करेक्सन देखिएको छ । लगानीकर्ता नाफा बुक गर्ने तिर ब्यस्त हुँदा बजार सामान्य अकंले घट्न पुगेको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । कर्जा प्रवाह नभएपछि बैंकहरुले अझै ब्याजदर घटाउने सम्भावना देखिएको छ । बैंकहरुले समेत ब्याजदर घटाउने आशाले लगानीकर्ता मख्ख भएका छन् । माघका लागि अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो ।
लगानीकर्ताले भने बमोजिम नीतिगत अवरोध नखुलाएपनि नियामक निकाय सेयर बजारमा रहेका केहि बाधाहरुमा केहि हदमा भएपनि लचकता देखाएको छ । यसले समेत बजारलाई नयाँ दिसा दिने लगानीकर्ताको विश्वास छ । बजार घटदै बढ्दै नयाँ उचाईमा पुग्छ । यो एक प्रक्रिया नै हो । अब बजार नयाँ बिन्दुमा पुग्ने एक लगानीकर्ताले बताए ।
लामो समय गुमाएका लगानीकर्ताले अहिले आफ्नो घाटा रिकभर गरी नाफा कमाउन तिर लागि सकेका छन् । लगानीकर्ताले बनोबल बलियो बनाए बजार सकारात्मक नै अघि बढ्ने आंकलन गरीएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२४ अकंले घटेर २१५५.८२ बिन्दुमा बन्द भएको छ । आज २९८ कम्पनीको २ करोड ९ लाख २९ हजार ८९३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।
बिहिबार १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६४ प्रतिशत, विकास बैंक समूहको ०.६५ प्रतिशत, होटल तथा पर्यटन समूहका १.४२ प्रतिशतले घटेको छ ।