हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ८४ करोड रुपैयाँ कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

४ माघ २०८०, बिहीबार १५:१३

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज कम्पनीको मात्र १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँको कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७४ अकंले घटेर २१५३.३२ बिन्दुमा बन्द भएको छ । आज ८ अर्ब ९ करोड १४ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सोनापुरको ३० करोड १८ लाख रुपैयाँ, न्यादी ग्रुपको २३ करोड ४९ लाख रुपैयाँ, रिठि पावरको १६ करोड ९८ लाख रुपैयाँ र नेपाल हाउजिङको १५ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*