कहिलेसम्म कायम सेयरधनीहरुले अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिन पाउने ?

४ माघ २०८०, बिहीबार १६:३२

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । हकप्रद सेयर निष्काशन तथा विक्रीका लागि माघ १५ गते बुक क्लोज गर्ने भएको हो ।

कम्पनीको हकप्रदमा माघ १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*