१००% हकप्रद निष्काशन गर्न अरुण भ्यालीले तोक्यो बुक क्लोजको मिति

५ माघ २०८०, शुक्रबार १०:३४

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर लिमिटेडले शतप्रतिशत साधारण शेयरको हकप्रद निष्काशनका लागि माघ १५ गते बुक क्लोज गर्ने भएको छ ।

जसअनसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता साधारण शेयरको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*