लक्ष्मी सनराइज बैंकको ‘ई–कमर्स अक्वायरिङ’ सेवा सुचारु

५ माघ २०८०, शुक्रबार १५:२३

काठमाडौं । लक्ष्मी सनराईज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा संचालनमा ल्याएको छ ।

नेप्स अन्तरर्गत ई–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ । यो सेवा नेप्स र भिजाको सहायक संस्था साईबर सोर्ससंगको सहकार्यमा विकास गरेको हो ।

यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकले ई–कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन्। ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निम्ती ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुने बताइएको छ ।

उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सक्नेछन् । उपभोक्ताहरूले भौतिक उपस्थिति विना नै छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन्। यो सुविधाले देशको ई–कमर्स कारोवार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराईज बैंकको रहेको छ ।

लक्ष्मी सनराईज बैंकले देश भर रहेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ एटीएम, १४१ शाखा रहित बंकिङ र ५,००० भन्दा बढी रेमिटेन्स एजेन्टमर्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*