अपर तामाकोशी हाइड्रोपावरको अवितरित हकप्रद सेयरमा अधिकतम कति रुपैयाँसम्मको आवेदन पर्यो ?

५ माघ २०८०, शुक्रबार १७:५८

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको अवितरित हकप्रद सेयरमा न्यूनतम १ सय रुपैयाँदेखि १८० रुपैयाँसम्म आवेदन परेको छ। आजदेखि बोलपत्र खोल्दा कम्पनीले सो मूल्यसम्मको आवेदन परेको जानकारी पाएको हो ।

आज ४ हजार आवेदन खोलिएको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ। अधिकांशले १५० रुपैयाँसम्मको लागि आवेदन दिएका छन् ।

आज दिउँसो १ बजेसम्ममा ३ हजार हाराहारी बोलकबोलहरु खोलिएको छ । उसका अनुसार ३० हजारभन्दा बढी आवेदन परेको छ । सबै आवेदन शनिबार साँझसम्ममा खोल्ने क्यापिटलको योजना छ ।

शुक्रबार ३ घण्टामा ३ हजारभन्दा कम आवेदन खुल्ला गरिएको रफ्तारले ३० हजार आवेदन खोल्न ३० घण्टाभन्दा बढी समय लाग्ने देखिन्छ । यद्यपी क्यापिटलले काउण्टर थप गरेर निर्धारित समयमा बोलकबोल खोल्न सक्छ ।

सर्वसाधारणले नै २ अर्ब हाराहारीको सेयर आवेदन गरेकोमा अन्तिम दिनमा संस्थागत लगानीकर्ताले माथिल्लो मूल्यमा सेयर लिलामीमा आवेदन गरेका छन् । यता दोस्रो बजारमा बोलकबोल खोल्ने समय नजिकिएसँगै कम्पनीको सेयर मूल्य तिब्र गतिमा बढेको छ । यो अवस्थामा तल्लो मूल्यमा आवेदन दिएकाहरुले सेयर पाउने सम्भावना न्युन देखिएको छ ।

कम्पनीले हकप्रद निष्काशनका दौरान बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि लिलामीबाट बिक्री गरेको हो । उक्त हकप्रद र लिलामीको सेयर सूचीकृरण पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँबाट २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

One thought on “अपर तामाकोशी हाइड्रोपावरको अवितरित हकप्रद सेयरमा अधिकतम कति रुपैयाँसम्मको आवेदन पर्यो ?

  1. राम्कृष्ण खतिवदा says:

    स्वीकृत हकप्रद सेयर हाल सम्म डिम्याट गरिएको छैन कहिले डिम्याट हुने हो?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*