तीन दिनपछि माथिल्लो तामाकोशी जलविद्युतको लिलामी सेयरको अन्तिम नतिजा आज सार्वजनिक हुँदै

७ माघ २०८०, आईतवार १३:५५

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयरको अन्तिम नतिजा केहीबेरमा आउने भएको छ । हकप्रद निष्काशनका दौरान बिक्री नभएको कम्पनीको लिलामी सेयरको बोलकबोलमा अधिक आवेदन परेकाले बोलकबोल खोल्न ३ दिन लागेको हो ।

कम्पनीको सह निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा शुक्रबार बिहानदेखि खोल्न थालिएको बोलकबोल आइतबार पुरा हुने भएको हो । क्यापिटलका अनुसार आइतबार दिउँसो १ बजेसम्ममा २७ हजार वटा आवेदनको बोलकबोल खोलिएको छ । अब ३ हजार आवेदनको बोलकबोल खोल्न बाँकी रहेको जनाउँदै क्यापिटलले केही घण्टामा उक्त बोलकबोल खोलिसक्ने जनाएको छ ।

शनिबार दिउँसो ३ बजेसम्ममा २० हजार वटा बोलकबोल खुल्ला गरिएको लिलामी सेयरको बोलकबोल आइतबार बिहान ८ बजेदेखि खोल्न थालिएको थियो । शुक्रबार साँझ ७ बजेसम्म बोलकबोल खुल्ला गरिएकोमा शनिबार पनि बिहान ८ बजेदेखि नै लिलामीको बोलकबोल खोल्न थालिएको थियो । ७ वटा काउण्टरमा बोलकबोल खोल्ने कायम भइरहेको क्यापिटलले जनाएको छ । ३ हजार वटा आवेदनको बोलकबोल खोल्ने काम पुरा भएपछि लिलामी सेयरको अन्तिम नतिजा सार्वजनिक हुनेछ ।

२७ हजार वटा आवेदन खुल्ला गर्दा १७० रुपैयाँ मूल्य कबोल गर्ने आवेदकको संख्या धेरै देखिएको छ । ४०० रुपैयाँ प्रतिकित्ताको सेयर माग गर्ने पनि भेटिएका छन् भने आवेदन फारममा नै बोलकबोल वापतको नगद रकम राखेको पनि भेटिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*