सेयर बजारमा दोहोरो अकंको गिरावट, किन माथि उठ्न सकेन मार्केट ?

७ माघ २०८०, आईतवार १५:०७

काठमाडौँ । साताको पहिलो दिनै सेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । लगानीकर्ता नाफा बुक गर्ने हाबि हुँदा सेयर बजार राताम्य भएको हो ।

लामो समय गुमाएका लगानीकर्ता थोरै नाफा भए पश्चात बुक गर्ने तिर ब्यस्त रहेको पाइन्छ । लगानीकर्ताको मनोबल उच्च बन्न नसक्दा सेयर बजारमा उतार–चडापहरु देखि रहेका छन् ।

यता, आज बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरुको नाफा घटेको छ । कम्पनीहरु लाभांश दिने क्षमता समेत न्यून बनेको छ । सोहि कारण समेत लगानीकर्तामा निराश पैदा भएको छ ।

विज्ञहरु भने सेयर बजार घट्नु पर्ने कुनै कारण नरहेको बताउछन् । बजार घट्दै बढ्दै उचाई कायम गर्छ । यो बेला बजार प्रवेश गर्ने नपाएका लगानीकर्तालाई मौका रहेको आंकलन गरीएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा बन्द भएको छ । आइतबार ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।

बजार ओरालो लागेसँगै ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको २.४२ प्रतिशत, विकास बैंक समूहको २.६१ प्रतिशत, फाइनान्स समूहको २.५५ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको ५६ करोड रुपैयाँ, हिमाल दोलाखा हाइड्रोपावरको २२ करोड रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*