नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त

७ माघ २०८०, आईतवार १५:१०

काठमाडौं । नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । गत पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार यो निर्णय भएको हो ।

मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव नियुक्त गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयको सचिव नै टेलिकमको अध्यक्ष हुने प्रावधान छ । उनले पुस २६ गते टेलिकमको अध्यक्षको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*