अपर तामाकोशी हाइड्रोपावरको कट अफ मूल्य तोकियो, अब सर्वसाधारणले प्रतिकित्ता कति रुपैयाँ तिर्नुपर्छ?

७ माघ २०८०, आईतवार १७:११

काठमाडौं । तीन दिनपछि अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलाममा ल्याएको शेयर खरिदका लागि परेका सबै आवेदन खोलिएका छन् । सहायक बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार ३० हजार १ सय ५५ वटा आवेदन खोल्ने काम आज सकिएको हो ।

सहायक बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार लिलामीको शेयरको प्रारम्भिक कट अफ मूल्य १४६ रुपैयाँ कायम भएको छ। यद्यपि सबै चेकहरु भेरिफाई गर्ने कार्य जारी नै रहेकोले अन्तिम कट अफ मूल्य केहि तलमाथि हुन सक्ने क्यापिटलले जनाएको छ ।

कम्पनीले पुस १३ गतेदेखि पुस २९ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाम गरेको थियो ।

कम्पनीले हकप्रदमा अवितरित सर्बसाधारण समुहको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता लिलाममा ल्याएको थियो ।

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्काशन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।

सर्वसाधारण समुह तर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर कम्पनीले लिलाम गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*