लाभांश प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो एजीएम, बुक क्लोज कहिले?

८ माघ २०८०, सोमबार १०:२७

काठमाडौं । एनएलजी इन्सुरेन्स कम्पनीले १८ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा फागुन ३ गते बिहान ११ बजेदेखि बस्नेगरी सभा डाकेको हो ।

सभामा कम्पनीले गत वर्षको नाफबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*