दुई कम्पनीले शेयरधनीको खातामा जम्मा गरायो नगद लाभांश, कुनले कति ?

८ माघ २०८०, सोमबार १०:५३

काठमाडौं । मञ्जुश्री फाइनान्स र सोल्टी होटलले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा जम्मा गराएको छ ।

मञ्जुश्री फाइनान्सले पुस ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो । हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ । फाइनान्सको पुस २५ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ५।२६ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

त्यस्तै, सोल्टीले पुस ४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो । होटलले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ । कम्पनीको पुस २६ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट २६।५७ नगद लाभांश (कर सहित)वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही लाभांश कम्पनीले सेयरधनीलाई पाएक हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*