सेयर बजारमा ओरालो यात्राले पायो निरन्तरता, परिसूचक र कारोबार दुबै खुम्चियो

८ माघ २०८०, सोमबार १५:०६

काठमाडौँ । सेयर बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । बजार लगातार चौथो दिन समेत घटेको हो । लगानीकर्ता नाफा बुक गर्ने तिर ब्यस्त हुँदा सेयर बजार निरन्तर घटि रहेको छ ।

लगानीकर्ताको मनोबल उच्च बन्न नसक्दा बजार माथि उठ्न सकेको छैन । विज्ञहरु भने यो बजार प्रवेश गर्ने बेला भएको बताउँदै आइरहेका छन् । मार्केटमा प्रवेश गर्ने नपाएका लगानीकर्ताले बजार प्रवेश गर्ने यो राम्रो अवसर रहेको आंकलन भइरहेको छ ।

यता, कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अधिकांश कम्पनीहरुको खराब कर्जा वृद्धि र नाफा संकुचन देखिएको छ । सोहि कारण समेत बजार ओरालो लागेको जानकारहरुका तर्क छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.४९ अकंले घटेर २०९८.६९ बिन्दुमा बन्द भएको छ । आज ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार १२ उपसूचक राताम्य भएका छन् । आज ब्यापार समूह मात्र ०.३५ प्रतिशतले बढेको हो । आज बैंकिङ समूहको १.११ प्रतिशत, विकास बैंक समूहको १.५४ प्रतिशत, फाइनान्स समहको १.७८ प्रतिशतले सेयर मूल्य घटेको हो ।

आज हिमालयन रिइन्स्योरेन्सको ७८ करोड ६३ लाख ८३ हजार रुपैयाँ र न्यादी ग्रुप पावरको ३१ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*