सर्वोत्तम सिमेन्टको आइपीओमा माग भन्दा ७.३९ गुणा बढी आवेदन, कति रुपैयाँ संकलन ?

८ माघ २०८०, सोमबार १७:२७

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको सर्वोत्तम सिमेन्टको आइपीओमा ७१ करोड २४ लाख ६७ हजार १२६ रुपैयाँ संकलन भएको छ । सिडिएसको अनुसार आज अर्थात माघ ८ गते साँझ ५ः०६ बजेसम्म ३० हजार ६४३ जना आवेदकले १९ लाख ७४ हजार १४० कित्ता लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ७.३९ गुणा बढी आवेदन दिएका हुन् ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि छुट्याएको छ ।

यस्तै, कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्ने भएको छ । बुक बिल्डिंग विधिबाट निष्काशन गर्न लागिएको सेयरको मूल्य प्रतिकित्ता ३६०।९० रुपैयाँ निर्धारण गरिएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*