लक इन पिरियड खुलेपछि चन्द्रागिरी हिल्सको शेयर मूल्य बढ्यो

९ माघ २०८०, मंगलवार १४:३८

काठमाडौं । लक इन पिरियड खुलेपछि पनि अधिकां)श कम्पनीको शेयर मूल्य घट्ने गर्छ । तर, चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य भने लक इन पिरियड खुलेपछि बढेको छ ।

लकिङ पिरियड सकिएको दिन हिजो अर्थात सोमबार ८६३ रुपैयाँमा बन्द भएको चन्दागिरी हिल्सको शेयर मूल्य आज यो समाचार तयार पार्दासम्म ९११ रुपैयाँसम्म पुगेको छ । हिजोको भन्दा आज यो कम्पनीको शेयर मूल्य ५ प्रतिशत भन्दा बढीले बढेको हो ।

चन्द्रागिरी हिल्सको संस्थापक र स्थानीय प्रभावित जनतालाई दिएको शेयरको लक इन पिरियड अवधि हिजो सकिएको हो । सो कम्पनीको शेयर मूल्यमा उच्च उतार चढाव आइरहेको छ । कम्पनी नेप्सेमा सूचीकरण हुँदा १ सय ६१ रुपैयाँमा पहिलो कारोबार खुलेको थियो भने पछि २६ सय २५ रुपैयाँसम्म शेयर मूल्य पुगेको थियो ।

कुल १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता शेयर चन्द्रागिरीको शेयरमध्ये १८ लाख ४० हजार ९ सय ९ कित्ता शेयर मात्रै सर्वसाधारण शेयर थियो । आज अर्थात मंगलबारबाट भने सबै शेयर साधारण सरह कारोबार भएको छ ।

 

बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी बाहेक नेप्सेमा सूचीकृत सबै कम्पनीको संस्थापक शेयर प्राथमिक शेयर निष्काशनको शेयर बाँडफाँड भएको मितिले ३ वर्षभित्र सर्वसाधारण सरह हुने प्रावधान छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*