नेप्सेमा झिनो अंकको गिरावट, होटल एण्ड टुरीजम सेक्टरमा उछाल

९ माघ २०८०, मंगलवार १५:१४

काठमाडौं । नेप्से झिनो अंकले ओरालो लागेको छ । नेप्से ०।४० अंकले घट्दा २०९८।२९ को विन्दुमा कायम भएको छ।

३०१ सूचीकृत कम्पनीको १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

६ कम्पनीको उपसूचक बाहेक सबैमा राताम्मे भएको छ । आज होटल एण्ड टुरीजम सेक्टरमा उछाल आएको छ ।

एक साताअघि दोस्रो बजारमा कारोबार सुचारु गरेको हिमालयन रि इन्स्योरेन्स एक्लैकै ५५ करोड माथिको शेयर कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*