होटल समूहमा उछाल आँउदा कुन कम्पनीको शेयर मूल्य कतिले बढ्यो? (एलटिपी सहित)
९ माघ २०८०, मंगलवार १७:२७
काठमाडौं । नेप्से आज ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा आज होटल समूहको शेयरमा उछाल आएको छ । आजदेखि लक इन पिरियड खुलेपछि पनि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ।
अधिकांश कम्पनीको शेयर मूल्य घट्ने गर्छ । तर, चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य भने लक इन पिरियड खुलेपछि बढेको छ ।
कम्पनीको शेयरभाउ ९४९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सिटि होटलको शेयर बढेर ६७५ रुपैयाँमा कारोबार भईरहेको छ ।कालिन्चोक दर्शनको शेयर भाउ ८६० रुपैयाँ, ओरियन्टल होटल, सोल्टि होटलको ४७४ रुपैयाँ र तारागाँउ रिजेन्सीको ८५५ रुपैयाँ शेयर मूल्य रहेको छ ।