५० लाख रुपैयाँ खर्च गरेर तामाकोशी हाइड्रोपावरले पठायो उच्च पदाधिकारीहरुलाई वैदेशिक भम्रण

९ माघ २०८०, मंगलवार २०:२५

काठमाडौं । तामाकोशी हाइड्रोपावर कम्पनीको सञ्चालक समिति बोर्डको पदाधिकारीहरु वैदेशिक भ्रमणमा गएका छन् । कम्पनीका पदाधिकारीहरुको टोली अष्ट्रेलिया भ्रमणमा गएको छ ।
भ्रमणका लागि सञ्चालक समितिले वार्षिक बजेटबाटै भ्रमणको बजेट स्वीकृत गरेको थियो ।

करिब ५० लाखभन्दा बढी कम्पनीबाटै खर्च गर्ने गरी शनिबार अष्ट्रेलिया पुगेका उनीहरु करिब १० दिनको भ्रमणपछि नेपाल फर्किनेछन् । सञ्चालक समितिका वैकल्पिक सदस्य रहेका कर्मचारी सञ्चय कोषका कायम मुकायम मुख्य प्रवन्धक दर्शन भट्टराईसहित सदस्यरहेका विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरु रामजी भण्डारी, लोकहरि लुइँटेल र मदन तिम्सिना पनि अष्ट्रेलिया भ्रमणमा छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*