दुई नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र

१० माघ २०८०, बुधबार १६:१५

काठमाडौं। नेप्सेले थप २ नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र दिएको छ । नेप्सेले ब्रोकर सदस्यता दिए संगै अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि यी कम्पनीले कारोबार सुरु गर्न सक्ने छन्।

नेप्सेले माघ ३ गते हिमालयन सेक्युरिटिज र आरविवि सेक्युरिटिजलाई सदस्यता प्रदान गरेको हो । यी कम्पनीको सदस्यता नम्बर क्रमश ९६ र ९७ रहेको छ ।

यस अघि नेप्सेले पुस ५ गते म्याग्नेट सेक्युरिटिज ब्रोकर नम्बर ९५  र मङ्सिर ५ गते केबिएल सेक्युरिटिज  ब्रोकर नम्बर ९४ लाई ब्रोकर सदस्यता दिएको छ ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायीको अनुमतिपत्र प्राप्त गरी नेप्सेबाट सदस्यता प्राप्त गर्ने नयाँ धितोपत्र कारोबार सदस्यहरुको संख्या हालसम्म ३७ पुगेको छ । यसमध्ये १ धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल र अन्य सिमित कार्य गर्ने धितोपत्र दलाल रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*