३०८ देखि ५५९ रुपैयाँसम्म किन्न पाइन्छ फाइनान्स कम्पनीहरुको शेयर, कुनको कति?

११ माघ २०८०, बिहीबार १७:३३

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से सामान्य अंकले घटेको छ । बिहीबार तिव्र उतारचढाव भएको फाइनान्स कम्पनीहरुको शेयर ३०८ देखि ५५९ रुपैयाँसम्ममा खरिद गर्न सकिने भएको छ ।

यस दिन फाइनान्स परिसूचक २.६५ अंकले बढ्दा इन्डेक्स ०.१४ प्रतिशतले उचालिएको छ । आज फाइनान्स सेक्टरबाट जम्मा १५ सूचीकृत कम्पनीहरु कारोबारमा आएका छन् ।

कारोबारमा आएका कम्पनीहरु मध्येबाट ७ कम्पनीको शेयरमूल्य बढ्दा ६ को घट्यो भने दुई कम्पनीको शेयरमूल्यमा कुनै प्रकारको हलचल देखिएन् ।

आज समृद्धि फाइनान्स कम्पनीको शेयरमूल्य ३०८, प्रोग्रेसिभ फाइनान्सको ३१९ तथा नेपाल फाइनान्सको ३२० रुपैयाँमा कामय भएको छ भने गुर्खाज फाइनान्सको ५५९, मञ्जुश्री फाइनान्सको ५११ तथा आईसीएफसी फाइनान्सको ४७९.९० रुपैयाँमा शेयर खरिद गर्न सकिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*