सर्वोत्तम सिमेन्टको आइपीओमा ३० हजारको हात रित्तो हुने, कतिले पाउँछन् सेयर ?

११ माघ २०८०, बिहीबार १७:५५

काठमाडौं । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आइपीओमा ३० हजारको हात रित्तो हुने भएको छ । सिडिएसका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा ३६ हजार ३१३ जनाले २३ लाख ५ हजार १९० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ८.६३ गुणा बढी आवेदन हो ।

कम्पनीको आइपीओ ५ हजार ३४० जनाले मात्र ५०/५० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमा ३० हजार ९७३ जनाको हात रित्तो हुने भएको हो ।

आज आइतबार साँझसम्ममा२८ हजार ६७२ जना आवेदकले १८ लाख ५८ हजार ४०० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ७ गुणा बढी आवेदन हो ।

कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो । बुक बिल्डिंग विधिबाट प्रतिकित्ता ३६०.९० रुपैयाँमा आइपीओ जारी गरेको हो ।

One thought on “सर्वोत्तम सिमेन्टको आइपीओमा ३० हजारको हात रित्तो हुने, कतिले पाउँछन् सेयर ?

  1. Ranju Kumari Thakur says:

    Ranju Kumari Thakur

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*