नेको इन्स्योरेन्सको साधारण सभा आज, लाभांश बाहेक यी प्रस्ताव पारित एजेण्डा

१२ माघ २०८०, शुक्रबार ०९:३५

नेको इन्स्योरेनस कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ ।

सभा, लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिकको नाफाबाट लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । माघ १ गते माघे संक्रान्तिको दिन सरकारले सार्वजनिक बिदा दिएको थियो । तसर्थ यसदिन सेयर कारोबार भएको थिएन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*