बाराही हाइड्रोपावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

१२ माघ २०८०, शुक्रबार १२:०२

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

यस हाइड्रोपावर कम्पनीले जारी पूँजीको १०० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको २५ लाख कित्ता साधारण शेयरहरुको हकप्रद निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटल, नारायणचौर, नक्साल, काठमाडौंलाई बिक्री प्रबन्धकमा नियुक्ती गरेको हो ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै कम्पनीले हस्ताक्षर गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*