विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट, चेक गरेको निहुँमा सुरु प्रहरी कुट्ने अध्यागमनका कर्मचारी

१२ माघ २०८०, शुक्रबार १६:४६

काठमाडौं । त्रिभुवन विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट भएको छ । अध्यागमन अधिकृत छायाँलाल मोक्तानले विमानस्थलको अराइभलबाट डिपार्चरतिर जादै धेरै सर्च गरेको भन्दै प्रहरीलाई हानेपछि विवाद भएको थियो ।

अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गर्दा विवाद भयो । विवाद हुँदा सुरुमा उनले प्रहरीलाई हाने ।

प्रहरीलाई हानेको देखेपछि सँगै रहेका अर्का प्रहरीले मोक्तानलाई मुक्का हाने । त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार झगडाको विषय अध्यागमन कार्यालय प्रमुख हमालकहाँ पुग्यो । उनी आफैंले सीसीटीभी फुटेज हेरे ।

हमालसमेतका अध्यागमन अधिकारीहरु प्रहरीकहाँ गएर किन त्यसो गरेको भनेर प्रश्न गरेका थिए, तर प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई फेरि त्यहिँ लात्ताले हाने । त्यसक्रममा अध्यागमन कार्यालय प्रमुख हमाललाई पनि लागेको बताइएको छ ।

घटनालगत्तै अध्यागमन कार्यालय प्रमुख हमालले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएका थिए ।

One thought on “विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट, चेक गरेको निहुँमा सुरु प्रहरी कुट्ने अध्यागमनका कर्मचारी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*