मारुती सिमेन्ट्सले प्रिमियममा आइपीओ निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

१२ माघ २०८०, शुक्रबार १७:२८

काठमाडौँ । मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले कुल १ करोड १६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रमियमसहित प्रतिकित्ता २७७ रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति मागेको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*