युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीद्धारा बार्षिक साधारणसभा घोषणा, बोनस शेयरका लागि बुक क्लोज कहिले ?

१३ माघ २०८०, शनिबार १०:३५

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३० औं बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आव २०७९।८० को बार्षिक साधारणसभा आगामी फागुन ६ गते आइतबार अनमोल ब्याङ्क्वेट काठमाडौंमा ३० औं बार्षिक साधारणसभा आह्वान गरेको हो ।

युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी मर्जर पश्चातको पहिलो बार्षिक साधारणसभा हुन लागेको हो । कम्पनीको आव २०७९।८० को बार्षिक साधारणसभामा सो आवको वित्तीय विवरण पारित गर्ने नियमित एजेण्डाहरु अघि सारको छ ।

साथै बार्षिक साधारणसभाले कम्पनीले वितरण गर्न प्रस्ताव गरेको १०.२६ प्रतिशत बोनस शेयर र ०.५४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि, पारित गर्नेछ ।

कम्पनीको हालको चुक्ता पुँजि एक अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ रहेको छ । उक्त बोनस शेयरपछि कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब ११ करोड १२ लाख पुुग्नेछ ।

कम्पनीको साधारणसभा प्रयोजन र लाभांश प्रयोजनको लागि यही माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सो आधारमा माघ २१ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरुले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*