अप्पर तामाकोशीको हकप्रद शेयर लिलामीको बाँडफाँड एक साता लम्बियो, लिलामीमा नपरेका आवेदकको रकम कहिलेसम्म फिर्ता आउँला ?

१३ माघ २०८०, शनिबार १४:२८

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको नबिकेको हकप्रद शेयरको लिलामीमा भाग लिएका लगानीकर्ताले अझै एक हप्ताभन्दा बढी कुर्नुपर्ने देखिएको छ । अप्पर तामाकोशीको लिलामी शेयरको बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषका अनुसार शुक्रबारसम्मै आवेदनसँगै बुझाएको चेकहरु क्लियरिङ गर्ने काम जारी रहेको उनले बताए ।

‘शुक्रबारसम्म लिलामीबापत् १३ अर्ब ६७ करोड रुपैयाँ जम्मा भएको छ। कतिपय चेकहरु क्लियरिङ गर्नै बाँकी छ। डाटाबेस इन्ट्री गर्ने काम भइरहेको छ। एक दुई वटा चेक फिर्ता पनि भएको छ।’–लगानी कोषका एक अधिकारीले भने। लगानी कोषले अप्पर तामोकाशीको हकप्रद लिलामीको बाँडफाँट चाँडोमा आइतबार र ढिलोमा सोमबारसम्म गरिसक्ने जानकारी दिएको छ। ‘बाँडफाँट भएको दिनको सात कार्य दिन भित्रमा आवेदनकर्ताको खातामा शेयर नपरेको रकम फिर्ता हुन्छ।’–कोषका ती अधिकारीले भने।

अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको अनुमानित कटअफ प्राइस १ सय ४६ रुपैयाँ छ। गत शुक्रबारदेखि उक्त कम्पनीको लिलामी शेयरको शिलबन्दी बोलपत्र खोल्ने कार्य प्रारम्भ भएको थियो। लिलामीमा ३० हजारभन्दा बढी आवेदनकर्ताले भाग लिएका थिए भने ७ अर्ब रुपैयाँ नगद नै जम्मा भएको कोषले जानकारी दिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*