आजसम्म कायम शेयरधनीले अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिन पाउने

१४ माघ २०८०, आईतवार १०:३०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज (माघ १४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछ ।

आजसम्म कायम शेयरधनीहरुले मात्र यस कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*