बोटलर्स नेपालको ६० प्रतिशत लाभांश सेयरधनीको बैंक खातामा जम्मा

१४ माघ २०८०, आईतवार १२:५६

काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।

कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत नगद लाभांश पुस २९ गते देखि सेयरधनीको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आइपिएस मार्फत जम्मा गरिदिएको हो ।

बैंक विवरण अद्यावधिक गर्न गराउन बाँकी रहेका योग्य शेयरधनीहरुले लाभांश रकम हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराएपछि मात्र लाभांश रकम जम्मा हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*