सात दिनको ओरालो यात्रामा लाग्यो ब्रेक, लगानीकर्तामा उत्साह, उचाई कायम गर्ला ?

१४ माघ २०८०, आईतवार १५:०५

काठमाडौँ । सात दिनको राताम्य यात्रामा ब्रेक लागेको छ । निरन्तर राताम्य भएको बजारमा सुधार आउँदा लगानीकर्तामा उत्साह थपिएको छ । बजार लामो समय पछि दोहोरो बिन्दुले बढेको हो ।

सेयर बजार सकारात्मक भएको हुँदा बजार वृद्धिको विकल्प नभएको इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियारले बताए । उनले भने, ‘अधिकांश सूचक सुधार तिर लम्कि रहेको छ । ब्याजदर समेत घट्दो छ । नियामक निकाय समेत केहि बाधाहरु फुकाउँदै लगि रहेको अवस्था छ ।’

रौनियारले लगानीकर्ताको मनोबल उच्च बन्न नक्सदा केहि कमजोर बनेको बजार अब बिस्तार अघि बढ्ने बताए । यो बेला सेयर बिक्री गरेर पुनः बजारमा प्रवेश गर्ने मौका रहेको आंकलन गरीएको छ । बजारमा प्रवेश गर्ने नपाएका लगानीकर्ता यो अवसर रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३७ अकंले बढेर २०९४.४६ बिन्दुमा बन्द भएको छ । आज ३०६कम्पनीको १ करोड ७लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार ९ उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.२२ प्रतिशत, फाइनान्स समूहको ०.८२ प्रतिशतले सेयर मूल्य बढेको हो ।

आज लगानीकर्ता हिमालयन रिइन्स्योरेन्समा झुम्मिएका छन् । कम्पनीको ३३ करोेड ५३ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*