श्वेत गंगा हाइड्रोपावरको संस्थागत लगानीको लकइन अवधि सकिँदै

१५ माघ २०८०, सोमबार ११:०३

काठमाडौँ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको संस्थागत लगानीको लकइन अवधि फागुन २ गते समाप्त हुने भएको छ । कम्पनीको ३६ लाख ५१ हजार कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनीको रुपमा रहेका विदेशी लगानीकर्ताको रुपमा रहेको डोल्मा ईम्प्याक्ट १ को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता सेयरको लक इन अवधि सकिने भएको हो ।

’’धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३’ को नियम ३८ को उपनियम (१) र (१क) बमोजिम उक्त शेयरधनी संस्थाको नाममा रहेको कम्पनीको प्रति सेयर १०० रुपैयाँ दरका ३८ लाख ५१ हजार कित्ता सेयर खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी रोक्का रहेको एक वर्षको लक इन अवधि मिति २०८०/११/०२ बाट समाप्त हुने छ ।’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*