सेयर बजारमा सुधारको यात्राले पायो निरन्तरता, कारोबार समेत वृद्धि, दरिलो बन्दै लगानीकर्ताको मनोबल

१५ माघ २०८०, सोमबार १५:०६

काठमाडौँ । सेयर बजारमा उकालो यात्राले आज पनि निरन्तरता पाएको छ । आइतबार दोहोरो अकंले वृद्धि भएको बजारले आज सुधारको यात्रामा निरन्तरता पाएको हो ।

ब्याजदर घट्दोक्रममा छ । अर्थतन्त्रका सूचकहरु पनि विस्तारै सुधार भइरहेका छन् । विशेषगरी अर्थतन्त्रको बाह्य क्षेत्रमा पूरै सुधार भइसकेको छ । यी तथ्यहरुले आम लगानीकर्ताको मनोबल बढेको अनुमान गर्न सकिन्छ ।

नियामक निकाय समेत सेयर बजारमा रहेका केहि बाधाहरु विस्तार फुकाउँदै लगि रहेको छ । यसले समेत बजारमा सकारात्मक नै प्रभाव पर्ने आंकलन गरीएको छ । यता, लगातार घटेको बजारमा सेयर भाउ पनि सस्तो भयो । यिनै कारणले अहिले सेयर बजारमा उत्साह देखिएको हो । बजार बढिरहँदा आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरु छानेर योजनाबद्ध ढंगले लगानी गर्न सके सेयर बजारबाट आम्दानी गर्ने सक्छन् ।

बजार घट्ने बढ्ने एक प्रक्रिया हो । बजार घट्दै बढ्दै नयाँ उचाई तिर लम्किन्छ । घटेको बेला सेयर बिक्री गरेर पुनः बजारमा प्रवेश गर्ने मौका रहेको आंकलन गरीएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३४ अकंले बढेर २१०१.८१ बिन्दुमा बन्द भएको छ । सोमबार ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएकोछ ।

आज १० उपसूचकमा हरियाली लागेको छ । सोमबार विकास बैंक समूहको ०.०७ प्रतिशत, फाइनान्स समूहको ०.४९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.११ प्रतिशतले सेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*