बजारले समाउँदै लय, कारोबार साढे पाँच अर्ब, बुल कै यात्रामा जाला ?

१६ माघ २०८०, मंगलवार १५:०५

काठमाडौँ । सेयर बजारले आफ्नो लय समाएको छ । बजार निरन्तर तीन दिन उकालो लागेको हो । बजारमा आएको सुधारले लागनीकर्तामा उत्साह छाएको छ ।

ब्याजदर घट्दोक्रममा छ । अर्थतन्त्रका सूचकहरु पनि विस्तारै सुधार भइरहेका छन् । विशेषगरी अर्थतन्त्रको बाह्य क्षेत्रमा पूरै सुधार भइसकेको छ । यी तथ्यहरुले आम लगानीकर्ताको मनोबल बढेको अनुमान गर्न सकिन्छ ।

अहिले आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका, लाभांश दिन सक्ने, कम्पनीहरु छनोट गर्न सके बढी आम्दानी गर्ने सकिने अवस्था रहेकोछ । सेयर कति समय होल्ड गर्ने, मुनाफा कति राख्ने भन्ने कुरामा लगानीकर्तामा ज्ञान हुनु पनि आवश्यक रहेको छ । नियामक निकाय समेत सेयर बजारमा रहेका केहि बाधाहरु विस्तार फुकाउँदै लगि रहेको छ । यसले समेत बजारमा सकारात्मक नै प्रभाव पर्ने आंकलन गरीएको छ ।

लगानीकर्ताको मनोबलले बजारमा ठुलो भुमिका खेल्छ । अहिले लगानीकर्ता सबैको मनोबल उच्च बन्दै गएको अवस्था छ । सो कारण समेत बजार अगाडि बढ्ने छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८८ अकंले बढेर २११९.६१ बिन्दुमा बन्द भएको छ । मंगलबार ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ लाख ३६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा सुधार आएपनि आज ४ उपसूचक राताम्य भएका छन् । मंगलबार बैंकिङ समूहको ०.१७ प्रतिशत, फाइनान्स समूहको ०।०० प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.३० प्रतिशत र निर्जीवन बीमा समूहको ०.०३ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*