हिमालयन रिइन्स्योरेन्सको ७५ करोड रुपैयाँ कारोबार, अन्य कुनको कति ?

१६ माघ २०८०, मंगलवार १५:११

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन समेत सेयर बजारमा सुधार आएको छ । सेयर बजारमा सुधार आएसँगै कारोबार समेत उच्च भइरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८८ अकंले बढेर २११९.६१ बिन्दुमा बन्द भएको छ । मंगलबार ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ लाख ३६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार लगानीकर्ता हिमालयन रिइन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । कम्पनीको आज ७५ करोड २७ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, न्यादी ग्रुपको २२ करोड २० लाख रुपैयाँ,नेपाल रिइन्स्योरेन्स २० करोड ७८ लाख रुपैयाँ, अरुण भ्यालीको १४ करोड रुपैयाँ र युनाइटेड मोदीको १३ करोड ४९ लाख रुपौयँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*