७३ हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढ्दा १४ को घट्यो, कुनको कति?

१६ माघ २०८०, मंगलवार १७:२०

काठमाडौं । मंगलबार नेप्से दोहोरो अंकले बढ्दा हाइड्रोपावर सेक्टरमा उछाल देखिएको छ । आज नेप्सेमा सूचीकृत ७३ वटा हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढ्दा १४ कम्पनीको घटेको हो ।

यस दिन नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ को विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै हाइड्रोपावर उपसूचक पनि १.४७ प्रतिशतले बढेको हो ।

आज हाइड्रोपावर परिसूचक ३९.१८ अंकले बढेर २६९२.३१ को विन्दुमा कायम भएको छ । कुल ९१ सूचीकृत कम्पनीहरु यस दिन कारोबारमा आएका हुन् ।

चार हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य २०० रुपैयाँमुनि रहेको छ । हिमाल दोल्खा हाइड्रोपावरको १५३.५०, नेशनल हाइड्रोपावरको १७७.९०, शिव श्री हाइड्रोपावरको १९१.८० र घलेम्दी हाइड्रोको १९२ रुपैयाँ शेयरमूल्य कायम भएको छ ।

यस दिन पाँच हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य ७०० रुपैयाँमाथि रहेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरको ८७६, मिड सोलुको ७६३, रु रु जलविद्युतको ७२६, शुवम पावरको ७२५ र माण्डु हाइड्रोपावरको शेयरमूल्य ७०७ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*