श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आइपीओ निष्कासन गर्ने, आव्हान गर्यो विशेष साधारण सभा

१७ माघ २०८०, बुधबार १०:४०

काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित विशेष साधारण सभा आव्हान गरेको हो ।

कम्पनीले फागुन २ गते कम्पनीको कर्पोरेट कार्यालय नक्साल, काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । विशेष सभामा कम्पनीको अधिकृत पुँजी, जारी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । प्रिमियम वा अंकित मूल्यमा आइपीओ जारी गर्ने भनेर समेत सभामा छलफल हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*