खर्च बढेपछि नेपाल वेयरहाउजिङ्ग कम्पनी ९ करोड २१ लाख नोक्सानमा, कस्ता छन् अन्य सूचक ?

१७ माघ २०८०, बुधबार १०:५६

काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा पहिरो गएको छ ।

चालु आर्थिक वर्षको पुष समान्तसम्ममा कम्पनीले ९ करोड २१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी २ करोड ९९ लाख रुपैयाँ थियो।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको सञ्चालन आम्दानी १४५ प्रतिशत बढेर ६६ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २६ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १०३.८५ प्रतिशत बढेर ६६ लाख १७ हजार रुपैयाँ, वित्तीय खर्च ६५८.९२ प्रतिशत बढेर ६ करोड १४ लाख २७ हजार रुपैयाँ, चुक्ता पूँजी ६८ करोड ७५ लाख रुपैया र कुल खर्च १२२.९१ प्रतिशत बढेर ९ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ८० पैसा ऋणात्मक प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ २३ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*