तीन दिनको सुधारको यात्रामा ब्रेक, १२ उपसूचक राताम्य, घट्नु लगानीकर्ताको मनोबल कै भुमिका हो ?

१७ माघ २०८०, बुधबार १५:०४

काठमाडौँ । तीन दिन हरियाली आएको बजार आज ओरालो लागेको छ । बजार आज राताम्य भएको हो । निरन्तर बजारमा सुधार आउँदा लगानीकर्ता नाफा बुक गर्ने हाबी भएको छन् । सोहि कारण समेत आज करेक्सन देखिएको हो ।

बजारमा आम लगानीकर्ताको मनोबल सकारात्मक बन्दै गएको छ । बैंकमा रहेको अधिक तरलता, घट्दोक्रमको ब्याजदर अनि नीतिनियममा सहजता लगायतले सेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेको हो । सेयर बजारमा लगानीकर्ता मनोबलको भुमिका ठुलो हुने गर्दछ । लगानीकर्ता मनोबल केहि मात्रामा सुधार भएपनि अझै लगानी गर्ने डराइ रहेको अवस्था छ ।

सेयर बजार घट्नु बढ्नु एक प्रक्रिया हो । बजार बढ्दा नाफा बुक गर्ने र घट्दा बजार प्रवेश गर्दा अवसर हो । यसरी नै बजारले सुधारको गति दिन्छ । सेयर बजार सुधारका लागि अझै कतिपय नीति नियम बाधक देखिन्छन् । बजार विरोधी नीतिहरुलाई पूर्णरुपमा खुकुलो बनाउने हो भने बजारले नयाँ यात्रा तय गर्न सक्ने आंकलन गरीएको छ ।

शोधनान्तर अवस्था, रेमिटेन्स, चालु खाता लगायतमा सुधार भएको छ । अर्थतन्त्र सुधार तिर लम्कि रहदा यसको प्रभाव सेयर बजारमा समेत पर्ने आंकलन गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६७ अकंले घटेर २०९७.९३ बिन्दुमा बन्द भएको छ । आज ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.५९ प्रतिशत, विकास बैंक समूहको १.९३ प्रतिशतसहित १२ उपसूचक राताम्य भएका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*