पुँजी वृद्धि हुने भएपछि हिमालयन रि को शेयरमा लगानीकर्ताको आकर्षण, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

१७ माघ २०८०, बुधबार १५:०६

काठमाडौं ।  साताको चौथौ दिन नेप्से ओरालो लागेको छ । नेप्से ओराला लाग्दा पनि हिमालयन रि इन्स्योरेनसको शेयरमा लगानीकर्ताहरु भने झुम्मिएका छन् । कम्पनीको पुँजी वृद्धिको खबर बाहिर आएसागै कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण झन् बढ्न पुगेको छ।

कम्पनीको शेयर गत साता देखि नै अग्रस्थानमा कारोबार गर्नेमा छ । कम्पनीको आज ६३ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, डाङी गुप्र, नेपाल पुनर्बीमा, हाथवे,वरुण हाईड्रोपावर, सिनर्जी,आईजीआई प्रुडेन्सियल, शिवम र निफ्राको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*