राप्ती हाइड्रोले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

१७ माघ २०८०, बुधबार १६:५७

काठमाडौँ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

कम्पनीको हाल ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पुँजी रहेको छ । सोही पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हकप्रद पश्चात यसको पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*