राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद निष्कासन गर्ने

१७ माघ २०८०, बुधबार १८:२५

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले एक बराबर एक अनुपात ९ चुक्ता पुँजीको शतप्रतिशत० मा हकप्रद सेयर निष्कासन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । १०० प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*