बिन्ध्याबासिनी हाइड्रोपावरको मुनाफा २८ प्रतिशतले खुम्चियो, कस्ता छन् अन्य सूचक ?

१८ माघ २०८०, बिहीबार १०:३६

काठमाडौँ । बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा ८ करोड ७९ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २८.१२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ११ करोड २६ लाख रुपैयाँ गरेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीकोे विद्युत बिक्रीबाट हुने आम्दानी २४ करोड ७३ लाख रुपैयाँ रहेको छ । गत वर्ष भने यस्तो आम्दानी १६ करोड १६ लाख रुपैयाँ थियो ।

कम्पनीको सञ्चालन नाफा भने १८ करोड २१ लख रुपैयाँबाट घटेर १५ करोड ८८ लाख रुपैयाँमा झरेको छ । यसको वित्तीय खर्च पनि ६ करोड ९४ लाखबाट बढेर ७ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

पुससम्म मसान्तसम्ममा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ भने ११६ रुपैयाँ ८४ पैसा छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*