अपर तामाकोशीको बाँडफाँड सम्पन्न, लगानीकर्ताको अर्बौ रुपैयाँ बन्धक

१८ माघ २०८०, बिहीबार १३:३७

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको नविकेको हकप्रद शेयरको लिलाम बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रवन्धकले आज बाँडफाँट सम्पन्न गरेको हो । कम्पनीको नविकेको हकप्रद शेयरमा लिलाम आवेदन दिने मध्ये १४७ रुपैयाँसम्म आवेदन दिनेले मात्रै प्राप्त गर्नेका छन् ।

१४६ देखि तलको लागि आवेदन दिनेले भने पाउन सकेनन् । यसरी समयमा बाँडफाँड नहुँदा लगानीकर्ताको अर्बौ रुपैयाँ बन्धक भएको छ । कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम सोमबार (माघ २२ गते) बाट फिर्ता दिन सुरु गर्ने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । अपर तामाकोशीको लिलामी सेयर भर्दा ७ अर्ब रुपैयाँ बढी जम्मा भएको छ ।

यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका छन् । यस हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याइएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*