साम्लिङ पावरको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?

१८ माघ २०८०, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिन २२६ सूचीकृत कम्पनीहरुको शेयरमूल्य घटेको छ । बिहीबार साम्लिङ पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.४२ प्रतिशतले घटेको हो ।

त्यस्तै, आज मिड सोलु, मोलुङ हाइड्रोपावर र थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य क्रमशः ६.८८, ६.४७ र ६.१४ प्रतिशतले घटेको छ ।

त्यसैगरी आज पिपल्स हाइड्रोपावर, साधना लघुवित्त, तेह्रथुम पावर, माई खोला हाइड्रोपावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी र हिमालयन लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*