धितोपत्र बोर्डमा आधा दर्जन कम्पनीको हकप्रद शेयर पाइपलाइनमा, कुनको कति?

१८ माघ २०८०, बिहीबार १६:४९

काठमाडौं । हकप्रद शेयर निष्काशन गर्न आधा दर्जन कम्पनीहरुले धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ङादी ग्रुप पावर कम्पनी, आँखु खोला जलविद्युत, एनएलजी इन्स्योरेन्स कम्पनी, लिवर्टी इनर्जी कम्पनी, बरुण हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर निष्काशन पाइपलाइनमा रहेको छ ।

जसमा ङादी ग्रुप पावर कम्पनी लिमिटेडले सर्वाधिक १ करोड ८५ लाख १२ हजार ७९२.२३ कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डमा अनुमति दिएको छ । यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारीमा रहेको छ । कम्पनीले शेयर निष्काशन प्रयोजनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

त्यसैगरी, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति माग्दै बोर्डमा पत्र पठाएको छ । यस कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

यता, लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डको अनुमतिको पर्खाइमा बसेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काश गर्न बोर्डको स्वीकृतिको बाटो कुरेर बसेको छ । शेयर निष्काशनका लागि कम्पनीले आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

उता, जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड २४ लाख १४ हजार एक सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारीमा रहेको छ । शेयर निष्काशन गर्न यस कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धको रुपमा नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*