आजसम्म कायम सेयरधनीले मात्र रिडी पावरको हकप्रदमा आवेदन दिन पाउने

२१ माघ २०८०, आईतवार १०:१९

काठमाडौं । रिडी पावर कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा आज अर्थात माद्द २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । हकप्रद सेयर बिक्री प्रयोजनका लागि यस कम्पनीले माघ २२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २१ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई १ः०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर जारी गर्न अनुमति दिएको हो । जसअनुसार यसले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो ।यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*