हिमालयन डिष्टिलरीको नगद लाभांश शेयरधनीको खातामा जम्मा

२१ माघ २०८०, आईतवार १०:४०

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले घोषणा गरेको १५ प्रतिशत लाभांश शेयरधनीको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा माघ ३ गतेदेखि आईपिएस मार्फत जम्मा गरेको हो ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक नगराएको शेयरधनीलाई कम्पनीले यथाशिघ्र अद्यावधिक गराउन आग्रह गरको छ । विवरण अद्यावधिक गराएपछि लाभांश रकम बैंक खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

साथै, आ.व. २०७२।७३ देखि आ.व. २०७८।७९ सम्मको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई कम्पनीको शेयर रजिष्ट्रार श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नक्साल, काठमाडौंमा सम्पर्क गरी लाभांश बुझिलिन आग्रह गरेको छ ।

वितरण गरेको पाँच वर्षभित्र पनि लाभांश नलिएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी कम्पनीले सूचनामार्फत दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*