पुरानो नगद लाभांश लिन एनएलजी इन्स्योरेन्सको आग्रह

२१ माघ २०८०, आईतवार ११:०३

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले पुरानो आर्थिक वर्षहरुको नगद लाभांश लिन शेयरधनीलाई आग्रह गरेको छ । आर्थिक वर्ष २०६९।७० तथा २०७०।७१ मा वितरण गरिएको लाभांश हालसम्म पनि नलिएपछि बैंकले सूचनामार्फत ३५ दिनभित्र लाभांश बुझिलिन आग्रह गरेको हो ।

यसका शेयरधनीले लागि हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक गराई भौतिक शेयरहरु अभौतिकीकरण गर्नुपर्नेछ । कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको साधारण सभाले लाभांश वितरण गर्ने निर्णय गरेको मितिल ५ वर्षभित्र लाभांश भुक्तानी लिइसक्नुपर्नेछ ।

तोकिएको समयभित्र पनि शेयरधनीले नगद लाभांश नलिएमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले सूचनामार्फत स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*