बजारमा ओरालो यात्राको निरन्तरता, मार्केटको शत्रु ब्याजदर घट्ने क्रममा हुँदा किन माथि जान सकेन ?

२१ माघ २०८०, आईतवार १५:०७

काठमाडौँ । सेयर बजारमा गत साताको ओरालो यात्राले निरन्तरता पाएको छ । बजार लगातार तेस्रो दिन समेत घटेको हो ।

थोरै बढ्ने बित्तिकै बिक्री गरेका लगानीकर्ता अब बजारमा प्रवेशको मौका खोजि रहेका छन् । सो कारण समेत बजार ओरालो लागि रहेको देखिन्छ । यस्तै, पछिल्ला दिनहरुमा केन्द्रीय बैंकले निरन्तर सेयर बजारबाट पैसा तानिरहेको छ । सो कुराले समेत मार्केटलाई असर गरेको जानकारहरुका तर्क छन् ।

सेयर बजारमा लगानीकर्ताको मनोबलले ठुलो भुमिका खेल्छ । लगानीकर्ताको मनोबल केहि सुधार भएपनि नाफा बुक गर्ने भने हाबि देखिएका छन् । बोनस सेयर डिम्याट खातामा आउने वित्तीकै बेचि हाल्ने प्रवृत्तिले समेत बजारमा प्रभावित पारेको छ । सेयर बजार सुधारका लागि अझै कतिपय नीतिनियम बाधक छन् । फेरी यता, केन्द्रीय बैंकले अहिले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामा जुटेको छ । सोहि कारण समेत लगानीकर्ता डराएको हुनसक्छ ।

सबै मार्केट सूचक सकारात्मक छन् । रेमिटेन्स बढी रहेको छ । राष्ट्र बैंकका गर्भनरले समेत बैंकहरुको ब्याजदर सिंगल डिजिटमा आउनुपर्छ भनि सके । फागुनदेखि पुनः ब्यजदर घट्ने देखिन्छ । बजार बढ्ने नै देखिएको छ । सेयर बजारको सत्रु ब्याजदर घट्ने क्रममा छ ।

अर्थतन्त्र सुधारको गतिमा अघि बढी रहेको छ । शोधनान्तर अवस्था, रेमिटेन्स, चालु खाता लगायतमा सुधार आइरहेको छ । आन्तरिक अर्थतन्त्रका सूचकहरुमा पनि विस्तारै सुधारका संकेत देखिन थालेका छन् । अर्थतन्त्र सुधार तिर लम्कि रहदा यसको प्रभाव सेयर बजारमा सकारात्मक महोल बन्ने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३१ प्रतिशतले घटेर २०६१.७० बिन्दुमा बन्द भएको छ । आइतबार३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ९ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५१ प्रतिशत र हाइड्रोपावर समूहको ०.४२ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*